Section 85
कारोबार अन्त्य गर्न सक्ने
(१) लिक्विडेटरले बैंक वा वित्तीय संस्थाका बाध्यात्मक खारेजीको काम कारबाही प्रारम्भ गर्न अदालतले आदेश दिएको मितिले छ महिनाभित्र त्यस्तो बैंक वा वित्तीय संस्थाको निम्न कारोबार अन्त्य गर्न सक्नेछः– (क) बैंक वा वित्तीय संस्थाले गरेको रोजगारी सम्बन्धी कुनै करार, (ख) बैंक वा वित्तीय संस्था पक्ष भएको कुनै पनि सेवा बापत गरिएको करार, (ग) बैंक वा वित्तीय संस्थाले संरक्षक (ट्रष्टी) को हैसियतमा गर्दै आएका सम्पूर्ण कार्य तथा करार, (घ) आवश्यकता र परिस्थिति बमोजिम बैंक वा वित्तीय संस्था वा बैंक वा वित्तीय संस्थाका शाखा कार्यालयका कुनै पनि नियमित काम कारबाही, (ङ) कुनै सीमा बिना बैंक वा वित्तीय संस्थाले दायित्व बहन गर्नु पर्ने भनी भए गरेका कुनै पनि दायित्व, (च) राष्ट्र बैंकले तोकेको अन्य काम कारबाही । (२) उपदफा (१) बमोजिम अन्त्य भएका कुनै पनि काम काराबार बापत त्यस्तो कारोबार अन्त्य गरिएको दिन सम्मको बैंक वा वित्तीय संस्थाले तिर्नु बुझाउनु वा बहन गर्नु पर्ने दायित्व बाहेक अन्य कुनै पनि किसिमको थप रकम तथा क्षतिपूर्ति दाबी गर्न पाइने छैन ।